आजका तस्बिर- फागुन ९
आजका तस्बिर- फागुन ९
खच्चर गोठालो बालक ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीस्थित एक इटा उद्योगमा इटा बोक्ने खच्चरको गोठालो गर्दै एक बालक। सुकेका इटा पोल्न भट्टामा लैजानका लागि मजदुरलाई दिइने ज्यालाभन्दा खच्चर पाल्न कम खर्चिलो भएकाले तराई क्षेत्रबाट खच्चर ल्याएर इटा बोकाउने गरेपछि उद्योगका मजदुरले आफ्ना बालबालिकालाई खच्चर गोठालोको रूपमा काम लगाइरहेका छन्। तस्बिर: राजकुमार पराजुली/रासस
आजका तस्बिर- फागुन ९
नृत्य प्रस्तुत ।  अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज धरानमा उराँव जातिद्वारा नृत्य प्रस्तुत गरिँदै। तस्बिरः सङ्गीता राई/रासस
आजका तस्बिर- फागुन ९
माटोका भाँडालाई आकार दिँदैै कुमाले ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका विरपाल कुमाल काँचो माटोबाट भाडाँ बनाउनका लागि आकार दिँदै। पुस्तौंदेखि कुमाल परिवारले माटोका भाँडाकुडा बनाएर जीविका चलाउँदै आएका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- फागुन ९
ढुंगेधारा ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरीमा रहेको ढुङ्गेधारा। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- फागुन ९
जखेरा ताल ।  दाङको लमही नगरपालिका–३ स्थित चुरे पहाडको फेदमा अवस्थित करिब सात बिगाह क्षेत्रफलमा फैलिएको जखेरा ताल। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्