आजका तस्बिर- फागुन १०
आजका तस्बिर- फागुन १०
उखु रोप्दै गरेका किसान ।  कञ्चनपुरको लालझाडी गाउँपालिकाको चाँन्देवका किसान खेतमा उखु रोप्दै। यस क्षेत्रका किसानले व्यावसायिक रूपमा उन्नत जातका उखु खेती गर्दै आएका छन्। उखु कात्तिक र फागुन महिनामा रोप्ने गरिन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- फागुन १०
परालको माच ।  मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको एक फार्ममा गाईवस्तुलाई खुवाउन सङ्कलन गरेर राखेको परालको माच। यहाँ धानको पराल १६ मुठ्ठाको रू ७०० मा खरिदबिक्री हुने गरेको छ। तस्बिर: मणिराम दाहाल/रासस
आजका तस्बिर- फागुन १०
हिउँमा रमाउँदै साना विद्यार्थी ।  रातभरको हिमपातले भरिएको मनाङ चामे गाउँपालिका–१ तिमाङमा रहेको गौरीशंकर आधारभूत विद्यालयका साना विद्यार्थी हिउँले ढाकिएको विद्यालयको प्रांगणमा रमाउँदै। यस विद्यालय समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित छ। तस्बिर:नवीन लामिछाने/रासस
आजका तस्बिर- फागुन १०
बाबा जलेश्वरनाथको प्रतिमा ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर मुख्य चौकमा निर्माण गरिएको बाबा जलेश्वरनाथको प्रतिमा। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- फागुन १०
हिउँदे झरी ।  एक्कासी झरी भएपछि छाता ओडेर घर जाँदै एक महिला। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्