आजका तस्बिर- फागुन १३
आजका तस्बिर- फागुन १३
न्याय मार्च ।  काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार मिटरब्याज विरूद्धको न्याय मार्चमा काँधमा बच्चा बोकेर मिटरब्याज पीडित न्याय मार्चमा सहभागी हुँदै। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- फागुन १३
रोगले ग्रसित फुरदिकुलाई राखिएको खोर ।  मानसिक रोगले ग्रसित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पालाई नियन्त्रण गर्न राखिएको खोर। एसएलसीसम्म अध्ययन पूरा गरेकी फुरदिकुको श्रीमान दाजाङ शेर्पाको तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भएपछि उनी पनि गत माघ-३ गतेदेखि मानसिक रोगी बनेकी  हुन्। तस्बिर: केदार मगर/रासस
आजका तस्बिर- फागुन १३
 झापाको कमल गाउँपालिका-६ शान्तिपुरका किसानले गाईबस्तुको आहाराका लागि परम्परागत तरिकाले राखेको परालको कुन्यु। तस्बिर: यज्ञराज आङदेम्बे/रासस
आजका तस्बिर- फागुन १३
थन्किएका सवारी साधन ।  काठमाडौंको तारकेश्वर नगरपालिका-६ स्थित धर्मस्थलीको प्रहरी चौकी परिसरमा प्रहरीले विभिन्न कसुरमा जफत गरी राखिएका सवारी साधन। सवारी धनी सम्पर्कमा नआउँदा लामो समयदेखि यी सवारी साधन थन्किएका छन्। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- फागुन १३
डोकाको व्यापार ।  सोलुखुम्बुको सल्लेरीमा चोयाबाट निर्माण भएको डोको बिक्री गर्दै ७६ वर्षीय डम्बरबहादुर बस्नेत। उनी आफूले बनाएको डोको बिक्री गर्न हरेक हप्ता सल्लेरी आउने गर्छिन्। सल्लेरीमा प्रतिगोटा डोको पाँच सयदेखि सात सयसम्ममा बिक्री हुने गरेको छ। तस्बिरः सुवास दर्ना/रासस
प्रतिक्रिया दिनुहोस्