आजका तस्बिर- फागुन १४
आजका तस्बिर- फागुन १४
संसद भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू ।  लघुवित्त पीडितहरू काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्। सोमबार दिउँसो उनीहरू संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्। तस्बिर: सेतोपाटी
आजका तस्बिर- फागुन १४
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार ।  नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा निर्माणाधीन केन्द्रीय कारागार । सात हजार पाँचसय बन्दी क्षमताको लक्ष्यको साथ निर्माण भइरहेको यस कारागारमा हाल एक हजार पाँचसय बन्दी राख्न पहिलो ब्लकको निर्माण सम्पन्न भएको छ । तस्बिर: रामहरि न्यौपाने/ रासस
आजका तस्बिर- फागुन १४
घोडाबाट ढुवानी गर्दै ।  इलाम सन्दकपुर गाउँपालिका- १ मा घोडाबाट ढुवानी गर्दै स्थानीय ८२ वर्षीय वृद्ध तीर्थराज अधिकारी। अधिकारीले घोडाको सहयोगमा लेकाली क्षेत्रमा खाद्यवस्तु ढुवानी गर्दै आएका छन्। तस्बिर: टीका खतिवडा/रासस
आजका तस्बिर- फागुन १४
परम्परागत मुगाली पहिरनमा मुगुका महिला ।  मुगुको छायानाथ रारा नगरको आर्थिक सहयोग र मनोलिसा मिडिया उद्योगको आयोजनामा मुगुको सदरमुकाम गमगढीमा आयोजित देउडा कप प्रतियोगितामा मुगाली परम्परागत वेशभूषामा सहभागी महिला। तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर- फागुन १४
जोखिम मोलेर मह काढ्दै ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित भरतपुरका स्थानीयको घरमा जोखिम मोलेर जङ्गली माहुरीको मह काढ्दै सुनसरीका मदनकुमार यादव। तस्बिर: कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- फागुन १४
करबाकेलीबाट देखिएको अन्नपूर्ण हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफल डाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्