आजका तस्बिर- फागुन १५
आजका तस्बिर- फागुन १५
भजन शिरोमणिलाई श्रद्धाञ्जली ।  वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ। भजन शिरोमणि समेत उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन १५
खाली खुट्टा हिँडेर मिटरब्याज पीडितको प्रदर्शन ।  मिटरब्याज पीडितहरूले सुन्धारा वरिपरि खाली खुट्टा हिँडेर काठमाडौंमा प्रदर्शन गरेका छन्। मिटरब्याज पीडितहरूले भृकुटीमण्डप, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पार्कमा विरोधसभा गरेर भृकुटीमण्डप फर्किने गरी मार्च गरेका हुन्। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- फागुन १५
कौरा नृत्य प्रस्तुत ।  नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजित ४२औँ मगर दिवसका अवसरमा मङ्गलबार पोखरामा निकालिएको र्‍यालीमा कौरा नृत्य प्रस्तुत गरिँदै। तस्बिरः धनबहादुर गुरूङ/रासस
आजका तस्बिर- फागुन १५
मिटरब्याज पीडितहरूका लागि टहरा बनाइँदै ।  मिटरब्याज पीडितहरूका लागि बस्नका लागि टहरा बनाइने भएको छ। भृकुटीमण्डपमा नछोड्ने अडानमा बसेपछि उनीहरूलाई खुला चउरमा टहरा बनाइदिन लागिएको हो। तस्बिर: निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्