आजका तस्बिर- फागुन १६
आजका तस्बिर- फागुन १६
चैतलो खेल्दै महिला ।  हुम्लाको सिमकोट गाउँपालिका-१,२ ठेहे गाउँमा लाग्ने चैतलो पर्वमा चैतलो खेल्दै स्थानीय महिला। चैतलो पर्वमा (फाक,चाची) का गीत गाउने गरिन्छ। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- फागुन १६
आलु भित्र्याउँदै किसान ।  नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुर रैकरेका किसान आलु भित्र्याउँदै। नगदे बालीको रूपमा किसानले आलुको व्यावसायिक खेती गर्दै आए पनि लगानी अनुसारको आम्दानी भने नपाएको उनीहरूको गुनासो छ। तस्बिर: रामहरि न्यौपान/रासस
आजका तस्बिर- फागुन १६
सूर्योदयको दृश्य ।  सुर्खेतको वीरेन्द्रनगरबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- फागुन १६
अस्थायी काठे पुल ।  कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ स्थित झिलामिला र चौधर नदी तर्नका लागि स्थानीय बासिन्दाले बनाएको अस्थायी काठे पुल। चौधर नदीमा पुल नहुँदा स्थानीय काठे पुल भएर आउजाउ गर्न बाध्य छन्। तस्बिर: गोकुल जोशी/रासस
आजका तस्बिर- फागुन १६
निषेधित क्षेत्र तोड्न पुगेका महतोमाथि प्रहरीको लछारपछार ।  लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार पारेको छ। महतोसहितका नेताहरू बुधबार दिउँसो काठमाडौंस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न गएका थिए। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्