आजका तस्बिर- फागुन १८
आजका तस्बिर- फागुन १८
नीलगिरि हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाबाट देखिएको नीलगिरि हिमाल। करबाकेली ट्रेकले समेटिएको काफलडाँडा हिमशृङ्खला अवलोकनको लागि उपयुक्त स्थान मानिन्छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- फागुन १८
सिलसिले हाँसको बथान ।  कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सिमसारमा उड्दै गरेका सिलसिले हाँसको बथान। सिलसिले हाँस आगन्तुक चरा हो। अत्यधिक चिसो हुने क्षेत्रबाट बसाइँ सारेर हिउँदमा सिमसार क्षेत्रमा आउने गर्छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन १८
पलाँसको फूल खान आएको बुङ्गेचरा ।  दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा फुलेको पलाँसको फूल खान आएको बुङ्गेचरा। फूलको रस खानका लागि ठोड लामो र तिखो हुने सानो आकारको बुङ्गेचरा गर्मीयामको सुरूआतमा देखिने गर्दछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन १८
कुर्मा चरा ‘पर्पल स्वाम्पहेन’ ।  बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सिमसारमा बासस्थान भएको कुर्मा चरा। सिमसार क्षेत्रमा बस्न रूचाउने यस चरालाई अंग्रेजीमा पर्पल स्वाम्पहेन भन्ने गरिन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन १८
खोज र उद्धारको अभ्यास ।  सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म, गलेश्वरले बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा आयोजना गरेको बाढी तथा डुबानमा परेका व्यक्तिको खोज तथा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गर्दै। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्