आजका तस्बिर- फागुन १९
आजका तस्बिर- फागुन १९
नीलगाई ।  कञ्चनपुर बेलौरी नगरपालिका–६ भुराकोटका स्थानीय किसानको गहुँबाली चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई। नीलगाई बाघ, चितुवा लगायतका मांसहारी जनावरको आहारा प्रजातिका रूपमा पर्दछ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन १९
गिटी कुटेर जीविका गुजार गर्दै ।  जाजरकोट सदरमुकामस्थित भेरी नगरपालिका–३ थाप्लेका महिलाहरू गिटी कुटेर जीविका गुजार गर्दै। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- फागुन १९
कटान रोकथाम ।  म्याग्दीको बेनीस्थित कालीगण्डकी किनारमा कटान रोकथामका लागि पक्की संरचना निर्माण गरिँदै। रूपाताल एकीकृत विकास संरक्षण परियोजनाले बेनी र आसपासका क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- फागुन १९
उखु काट्दै गरेका बेलौरीका किसान ।  बेलौरी नगरपालिको बजार छेउका किसान उखु काट्दै । नगरपालिका क्षेत्रमा उखु खेती गर्ने किसानको सङ्ख्या अधिक छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन १९
महाघण्टको अवलोकन गर्दै प्रम प्रचण्ड ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल सर्वसिद्धिधाम पञ्चकोटमा रहेको मुक्तिनाथ महाघण्टको अवलोकन गर्दै। तस्बिर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्