आजका तस्बिर- फागुन २०
आजका तस्बिर- फागुन २०
गरिखान देऊ ।  काठमाडौं महानगरले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएपछि आइतबार दिउँसो कवाडी व्यवसायीहरूले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरे। तस्बिरः निशाा भण्डारी/सेतोपाटी
आजका तस्बिर- फागुन २०
लालीगुराँस ।  प्युठानको गौमुखी गाउँपालिका-६ बुक्तिचौरमा फुलेको लालीगुराँस । ढकमक्क फुलेको लालीगुराँसले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरिरहेको छ। तस्बिर : केशर सुनार/रासस
आजका तस्बिर- फागुन २०
एमाले उपाध्यक्ष पौडेललाई जनकपुरमा स्वागत ।  नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई आइतबार जनकपुरधाम विमानस्थलमा नेता तथा कार्यकर्ताहरुले स्वागत गर्दै। तस्बिर : निरंजनकुमार साह/रासस
आजका तस्बिर- फागुन २०
हुलाकी सडक ।  नेपालगञ्ज–बैजापुर हुलाकी सडकअन्तर्गत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुर जङ्गल क्षेत्र । हुलाकी सडक निर्माण भएपछि सर्वसाधारणलाई आवागमनमा सहज भएको छ। तस्बिर : भेषराज बस्नेत/रासस
आजका तस्बिर- फागुन २०
सुरक्षित तार राख्नका लागि नाङ्गो तार हटाइँदै ।  सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको छेउमा नाङ्गो तार हटाउँदै प्राविधिक । रत्न राजमार्गको छेउमा रहेका पोलहरुमा सुरक्षित तार राख्न लागिएको हो । तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- फागुन २०
पहाड कटान ।  मुग्लिन–पोखरा सडक बिस्तार कार्यअन्र्तगत तनहुँको व्यास–१२ देउरालीमा पहाड कटान गरिँदै । तस्बिर : सानेबहादुर नेपाली/रासस
आजका तस्बिर- फागुन २०
हुम्लामा हिमपात ।  हुम्लामा शनिबार रातिदेखि हिमपात भएपछि आइतबार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा जमेको हिउँ। तस्बिरः दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्