आजका तस्बिर- फागुन २२
आजका तस्बिर- फागुन २२
गुराँसको साथमा बालिका ।  लमजुङको दूधपोखरी गाउँपालिकामा पर्ने सानोकाभ्रे गाउँमा गुराँस बोकेर हिँड्दै गरेकी एक बालिका। यतिबेला पहाडी भेगमा गुराँस फुल्ने बेला भएको छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २२
स्वयम्भू महाचैत्य र त्यस वरिपरिको बाक्लो बस्ती ।  काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य र त्यस वरिपरिको बाक्लो बस्ती। तस्बिर: रत्न श्रेष्ठ/ रासस
आजका तस्बिर- फागुन २२
तोप चराको गूड ।  दाङको घोराही उपमहानगरपालिका–६ स्थित फचकपुरका स्थानीयको घरको बाहिर तोप चराले बनाएको आकर्षक गूड। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन २२
कोशी टप्पुमा हाँस प्रजातिका चरा ।  कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएका हाँस प्रजातिका चरा। तस्बिर: विवेक मिश्र/रासस
आजका तस्बिर- फागुन २२
माछापुच्छ्रे हिमाल ।  पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडा बेलबुटे क्षेत्रबाट देखिएको बादलसँग लुकामारी गरेको माछापुच्छ्रे हिमालसहितको दृश्य। तस्बिर: वासुदेव पौडेल/रासस
प्रतिक्रिया दिनुहोस्