आजका तस्बिर- फागुन २५
आजका तस्बिर- फागुन २५
टुँडिखेलमा मनाइयो सेना दिवस ।  काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २५
जय भोले बाबा ।  शिवरात्रिको अवसरमा काठमाडौंको पशुपति मन्दिर परिसरमा देखिएका एक बाबा। पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गर्छन्। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- फागुन २५
त्रिशूल ।  दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा रहेको विश्वको ठूलो भनिएको त्रिशूल। जनस्तरबाट बनाइएको पञ्च धातुबाट निर्मित त्रिशूल सात हजार ७१८ किलो तौल र ५५.५ फिट अग्लो रहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन २५
मुक्तिनाथमा आन्तरिक पर्यटक ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा सुख्खा पहाड र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- फागुन २५
चराउन ल्याएको माउरीको घार ।  ललितपुरको धापाखेलबाट इन्द्रावती गाउँपालिका ढोटारमा चराउन ल्याएको माउरीका घार। तस्बिरः देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस्