आजका तस्बिर- फागुन २६
आजका तस्बिर- फागुन २६
मेवा टिप्दै घर्ती ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा व्यावसायिक रूपमा गरेको मेवा खेतीमा बिक्रीका लागि मेवा टिप्दै स्थानीय चन्द्रबहादुर घर्ती। दाङमा मेवा थोकमा प्रतिकिलो पचास रुपैयाँका दरले बिक्री हुने गर्दछ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन २६
सुनौलो सगरमाथा ।  हिजो सूर्यास्तको बेला कालापत्थरबाट आमनेसामने देखिएको सगरमाथा। अस्ताउँदो सूर्यको बेला सुनौलो सगरमाथाको दृश्य। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- फागुन २६
माछा मार्न जाल हान्दै ।  लालझाडी– ४ स्थित दोदा नदीमा जाल हानेर माछा मार्न जाल हान्दै राना थारू समुदायका व्यक्ति। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन २६
बगरखेतीको तयारी ।  बाँकेको डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदीको बगरमा खेतीका लागि तयार पारिएको ब्याड। यहाँ तर्बुजाको बीउ रोपिएको छ। तस्बिर: भेषराज बस्नेत/रासस
आजका तस्बिर- फागुन २६
शिवसरोवर ।  दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा फैलिएको कृत्रिम जलाशय। लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सात लाख गरी करिब दुई करोडको लागतमा शिवसरोवरको निर्माण भएको हो। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्