आजका तस्बिर- फागुन २८
आजका तस्बिर- फागुन २८
एक्स्ट्राटेक ओभल क्रिकेट मैदान ।  रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मैदानको उद्घाटन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २८
सगरमाथा क्षेत्रमा पर्यटक ।  प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणमा पर्यटक। सिजन सुरू भएसँगै सगरमाथा सहितका हिमशृङ्खला अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्। तस्बिर : सुवास दर्नाल/रासस
आजका तस्बिर- फागुन २८
चट्टान वाटिका ।  पाँचथरको फिदिम नगरपालिका-१३ जेभालेमा विभिन्न आकृतिका ढुङ्गाहरु रहेको चट्टान बाटिका (रक गार्डेन) । चट्टान बाटिका भित्र गुफाहरु समेत रहेका छन् । तस्बिर : रवीन्द्र काफ्ले / रासस
आजका तस्बिर- फागुन २८
पुनर्निर्माणको पखाईमा साततले दरबार ।  नुवाकोटको विदुर नगरपालिका–२ स्थित पुनःर्निर्माणको पखाईमा रहेको नुवाकोटको साततले दरबार। नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबार २०७२ साल वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनःर्निर्माणको लागि टेको लगाइएकोमा अझै निर्माण अघि बढ्न सकेको छैन। तस्बिरः रामहरि न्यौपाने/ रासस
आजका तस्बिर- फागुन २८
रोजगारीमा संलग्न ।  शुक्लाफाँटा नगरपालिका-८ नौखरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सोमबार सडकको नाली खन्दै गरेका महिला मजदुर। नगरपालिकाले कार्यक्रमका लागि बेरोजगार, विपन्नलाई सूचिकृत गरी सय दिनका लागि रोजगारीमा संलग्न गराउँदै आएको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
प्रतिक्रिया दिनुहोस्