आजका तस्बिर- फागुन ३०
आजका तस्बिर- फागुन ३०
विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड ।  बुधबार प्रतिनिधि सभामा तेस्रोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- फागुन ३०
उत्तरगया धाम र आसपास क्षेत्र ।  नुवाकोटको विदुर नगरपालिका–११ दुधेलामा, गढीबाट बुधबार देखिएको नुवाकोट र रसुवाको संगमस्थल पवित्रभूमि उत्तरगया धाम (वेत्रावती) र यस आसपासमा पर्ने नुवाकोट र रसुवाको विभिन्न स्थान। तस्बिरः रामहरि न्यौपाने/रासस
आजका तस्बिर- फागुन ३०
परम्परागत पहिरनमा थारू महिला ।  परम्परागत पहिरनमा सजिएका दाङ देउखुरी राप्ती गाउँपालिका-५ स्थित मिलन महिला समूह लठ्ठहवाका थारू महिला। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन ३०
पुमोरी हिमाल ।  सोलुखुम्बुको गोरक्सेपबाट देखिएको सगरमाथा क्षेत्रमा अवस्थित पुमोरी हिमाल। ७ हजार १६१ मिटर उचाइमा रहेको हिमाल हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरू यस क्षेत्रमा पुग्ने गर्छन्। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- फागुन ३०
तीन प्रदेश प्रमुखले लिए शपथ ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। बुधबार मधेस प्रदेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मिँयाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। तस्बिर: राष्ट्रपति कार्यालय
प्रतिक्रिया दिनुहोस्