आजका तस्बिर- चैत १
आजका तस्बिर- चैत १
एकीकृत बस्ती ।  गुल्मीको मदाने गाउॅपालिका-३ अन्तरगत सिर्सेनीको खन्यूखर्कमा भूकम्प प्राधिकरणद्वारा निर्मित एकीकृत बस्ती । २०७२ सालमा गएको भूकम्पबाट पीडित भएकाहरूका लागि बनाइएको उक्त एकीकृत बस्तीमा अधिकांश घरहरू खाली रहेका छन्। १९ घरहरू निर्माण गरिए पनि हाल जम्मा ६ घरमा मात्र मानिसहरू बसोबास गर्दै आइरहेका छन्। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर- चैत १
क्लाइम्बिङ गर्दै ।  सगरमाथा आरोही संघ र अलपाइन स्पोर्ट्स एसोसिएसनको आयोजनामा बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट् क्लाइम्बिङ, प्रतियोगितामा क्लाइम्बिङ गर्दै प्रतियोगितामा सहभागी। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- चैत १
ढकमक्क फुलेको आलुबखडाको फूल ।  प्युठानको गौमुखी गाउँपालिका–६, लिवाङस्थित बुक्तिचौरमा फुलेको आलुबखडा । तस्बिरः केशर सुनार/रासस
आजका तस्बिर- चैत १
ढकमक्क फुलेको लालीगुराँस ।  प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ। तस्बिरः केशर सुनार/रासस
आजका तस्बिर- चैत १
भृकुटीमण्डपमा सहकारी पीडितको प्रदर्शन ।  निक्षेपको साँवा-ब्याज फिर्ता माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीपीडित बचतकर्ताहरूले बिहीबार दिउँसो भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्