आजका तस्बिर- चैत २
आजका तस्बिर- चैत २
अन्नपूर्ण आधार शिविर ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविर। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- चैत २
लेकका खर्कमा याकचौरी ।  चामे गाउँपालिका–१ तिमाङ गाउँ छेउमा चरिरहेका याकचौरी र पृष्ठभूमिमा सेताम्मे हिमाल। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- चैत २
रमदानको पहिलो शुक्रबार ।  नेपाली मुसलमान समुदायले रमदानको पहिलो शुक्रबार नमाज पढेका छन्। एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनुअघि र अस्ताइसकेपछि रोजा तोड्ने गर्छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २
सेतो गुराँस ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको सेतो गुराँस। विभिन्न प्रजातिको गुराँस पाइने यस क्षेत्रमा सेतो गुराँस फुल्न थालेको छ। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- चैत २
कला शाला ।  काठमाडौंमा शुक्रबारदेखि सुरू भएको तीन दिने अन्तर्राष्ट्रिय ‘कला शाला’ अवलोकन गर्दै । सिनामङ्गलस्थित होटल एयरपोर्टमा नेपाली र विदेशी गरी ६० भन्दा बढी कलाकार सहभागी भएका छन्। तस्बिरः मधु शाही/ रासस
प्रतिक्रिया दिनुहोस्