आजका तस्बिर- चैत ४
आजका तस्बिर- चैत ४
सुरू भयो होली ।  यसपालिको होली सुरू भएको छ। काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै होली सुरू भएको हो। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ४
होली सुरू ।  काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै होलीमा सुरू भएको होलीमा रमाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ४
आगलागी नियन्त्रणसम्बन्धी संयुक्त डेमो ।  डिभिजन वन कार्यालय खोटाङको आयोजनामा गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरुपमा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रस्तुत गरेका हुन्। तस्बिरः केदार मगर/रासस
आजका तस्बिर- चैत ४
व्यावसायिक टमाटर खेती ।  घोराही–१८ का महेश पौडेलले व्यावसायिक रुपमा गरेको टमाटर खेती । पौडेलले तेरौटेमा प्रतिबिघा वार्षिक ६६ हजारका दरले बीस बिगाह जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तराकरी खेती गर्दै आउनुभएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत ४
मनाङमा पर्यटकको चहलपहल ।  मनाङको अन्नपूर्ण पदमार्गस्थित विदेशी पर्यटकको चहलपहल । विशेषगरी पाँच हजार ४१६ मिटर उचाईमा रहेको थोरङ्ला पासका लागि आउने गर्दछन् । तस्बिर : नवीन लामिछाने/रासस
आजका तस्बिर- चैत ४
मूला खेती ।  रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ३ माछमी गाउँमा गरिएको मुला खेती । यहाँ बीउ उत्पादनको लागि उपयुक्त क्षेत्र मानिन्छ । यहाँका स्थानीले बीउ उत्पादनसँगै तरकारी खेती गर्ने गर्ने गर्दछन्। तस्बिर : बलबहादुर ओली/रासस
प्रतिक्रिया दिनुहोस्