आजका तस्बिर- चैत ५
आजका तस्बिर- चैत ५
महरालाई ल्याइयो सिआइबी ।  ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो। उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ। तस्बिर: सेतोपाटी
आजका तस्बिर- चैत ५
सगरमाथा नजिकैको मानव बस्ती ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको सबभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ। तस्बिर : सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत ५
टुटेपानी घरबास ।  तनहुँको भानु नगरपालिका–१३ मा अवस्थित टुटेपानी घरबास। गुरूङ समुदायको बाहुल्य रहेको यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- चैत ५
च्याउ खेती ।  दाङको घोराही उपमहानगरपालिका-६ गुरुवा गाउँमा व्यावसायिक च्याउ खेतीका लागि तयार गरिएका टहरा। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- चैत ५
नौमति बाजा बजाउँदै महिला ।  दाङको तुलसीपुर उपमहानगरपालिका–४ मजुवा गाउँको जनचेतना आमा समूहमा आबद्ध महिलाले नौमति बाजा बजाउँदै। अन्तर्राष्ट्रिय नारी दिवसमा तुलसीपुर नगरले नगदसहित उनीहरूलाई सम्मान गरेको थियो। तस्बिर: नारायण खड्का/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्