आजका तस्बिर- चैत ७
आजका तस्बिर- चैत ७
धुम्म काठमाडौं ।  काठमाडौंमा बिहानैदेखि मौसम बदली भएको छ। बाक्लो तुवाँलोले ढाकिएकाले काठमााडौं बिहानैदेखि धुम्म छ। हिजोभन्दा चिसो पनि केही बढेको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ७
दिङ्बुचे भ्याली ।  सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटकहरु सगरमाथा आधार शिविर पुग्छन्। तस्बिर : सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत ७
चैते धान रोप्दै ।  चितवनको माडी नगरपालिका-२ नयाँ पर्साका किसान चैते धान रोप्दै । तस्बिर : सनद अधिकारी/रासस
आजका तस्बिर- चैत ७
तालबाराहीमा पर्यटक ।  पर्यटन राजधानी पोखराको फेवाताको बीचभागमा अवस्थित तालबाराही मन्दिर जाने तयारीमा धार्मिक पर्यटक । तस्बिर : वासुदेव पौडेल/रासस
प्रतिक्रिया दिनुहोस्