आजका तस्बिर- चैत ७
आजका तस्बिर- चैत ७
काठमाडौंमा झरी ।  काठमाडौंको कपन, बूढानीलकण्ठ र गोकर्णेश्वरको धाप, भक्तपुरको नगरकोट लगायतका ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। झरी परेपछि चिसो केही बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ७
दिङ्बुचे भ्याली ।  सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित दिङ्बुचे भ्याली। समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटकहरू सगरमाथा आधार शिविर पुग्ने गर्छन्। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत ७
योग शिविरका सहभागी योग गर्दै ।  सर्लाहीको सदरमुकाम मलङ्गवा–१० स्थित तीनबिघे मैदानमा बुधबार बिहान योग गर्दै सहभागीहरू। पतञ्जली योग समिति मलङ्गवाले आजदेखि सुरू गरेको निःशुल्क योग शिविर चैत ११ गतेसम्म चल्ने छ। तस्बिर: विश्वनाथ ठाकुर/रासस
आजका तस्बिर- चैत ७
शुक्लाफाँटामा मयूर ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको मयूर। शुक्लाफाँटा साढे चार सयभन्दा बढी प्रजातिका चराचुरूङ्गीको बासस्थान पनि हो। तस्बिरः शेरबहादुर सिंह/रासस
प्रतिक्रिया दिनुहोस्