आजका तस्बिर- चैत ८
आजका तस्बिर- चैत ८
तंग्राम ठूलो गाउँ ।  बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको ठूलो गाउँ। मगर समुदायको बाक्लो बसोबास रहेको उक्त गाउँको मौलिक घरले पर्यटक लोभ्याउने गरेको छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- चैत ८
देवीडाँडामा दृश्यावलोकन स्तम्भ ।  तनहुँको व्यास नगरपालिका–१० देवीडाँडामा निर्माण गरिएको दृश्यावलोकन स्तम्भ (भ्युटावर)। आन्तरिक पर्यटक आकर्षित गर्न स्थानीय सरकारको लगानीमा यहाँ स्तम्भ बनाइएको हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- चैत ८
बेतको टोकरी बेच्दै ।  शुक्लाफाँटा नगरपालिका–७ का स्थानीय महिला सडक छेउमा बसेर बेतका टोकरी बेच्दै। टोकरी बुनेर महिलाले दैनिक एक हजार बढी आम्दानी गर्दै आएकी छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- चैत ८
चरा ।  कोसी टप्पु आरक्ष क्षेत्रमा देखिएका उड्दै गरेका चरा। विगत वर्षहरूमा जस्तै यो वर्ष पनि रसिया, साइबेरिया लगायतका मुलुकबाट जाडो छल्न नेपाल आएका चरा चैत महिना सुरू भएसँगै स्वदेश फकिएका छन्। तस्बिर: विवेक मिश्र/रासस
प्रतिक्रिया दिनुहोस्