आजका तस्बिर- चैत ९
आजका तस्बिर- चैत ९
फूल गोड्दै नगर कर्मचारी ।  ललितपुरको पुल्चोकमा ललितपुर महानगरले सहर सुन्दरताको लागि रोपेका फूल गोड्दै नगर कर्मचारी। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- चैत ९
निर्माणाधीन संघीय मन्त्री आवास ।  ललितपुरको भैंसीपाटीमा करिब ९६ रोपनी क्षेत्रफलमा निर्माणाधीन संघीय मन्त्री आवास। सत्ताइस रोपनी १२ आना क्षेत्रफलमा निर्माण भएको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास निर्माण कार्य सकिए पनि संघीय मन्त्री आवास भने निर्माण भइरहेको छ। तस्बिरः हरि परियार/रासस
आजका तस्बिर- चैत ९
मधेशी आयोगका सदस्य शाह सगरमाथा आधार शिविरमा ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा राष्ट्रिय झण्डाका साथमा मधेशी आयोगका सदस्य रेणुदेवी शाह। जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियान लिएर उनी सगरमाथा क्षेत्र आइपुगेकी हुन्। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत ९
चैते धान रोपाइँमा कृषक ।  तनहुँको व्यास नगरपालिका–५ साँगे रानीटारीमा चैते धान रोप्दै किसान। तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्