आजका तस्बिर- चैत १०
आजका तस्बिर- चैत १०
दुरा समुदायको नमूना घर ।  चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको दुरा समुदायको नमूना घर। नेपाल आदिवासी जनजाति महासङ्घ चितवनको आयोजनामा शुक्रबारदेखि सुरू भएको जनजाति सांस्कृतिक महोत्सवमा विभिन्न ११ जातिको नमूना घरहरू निर्माण भएका छन्। तस्बिर: हीरालाल गुरूङ/रासस
आजका तस्बिर- चैत १०
बौद्ध स्तूपमा पर्यटक ।  सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् । तस्बिर : सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत १०
होरी खेल्दै ।  कैलालीको टीकापुरमा फागु पूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदुरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन रहेको छ। तस्बिर: झलनाथ खनाल/ रासस
आजका तस्बिर- चैत १०
म्याग्दीको मुना गाउँ ।  म्याग्दीको धौलागिरि गाउँपालिका–३ मा पर्ने मुना गाउँ। यो गाउँमा रहेका परम्परागत रैथाने ढुंगे घरले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षण बनेका छन्। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- चैत १०
लक्ष्मीनारायण तलाउ ।  महोत्तरीको प्रसिद्ध धार्मिकस्थल मटिहानी ७ मा रहेको लक्ष्मीनारायण तलाउको शनिबार बिहानीपखको दृश्य। तस्बिर: गोपालप्रसाद बराल / रासस
आजका तस्बिर- चैत १०
पाथीभरा मन्दिरबाट देखिएको हिमशृङ्खला ।  हिमपातसँगै ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको कञ्चनजङ्घा, कुम्भकर्ण हिमशृङ्खलाको मनोरम दृश्य। तस्बिर: सन्तोष पुर्कुटी / रासस
प्रतिक्रिया दिनुहोस्