आजका तस्बिर- चैत १२
आजका तस्बिर- चैत १२
अनन्त व्यास कर्म गुफा ।  तनुहँको व्यास नगरपालिका–१० डिहीगाउँस्थित अनन्त व्यास कर्म गुफा। पुरातात्विक र धार्मिक महत्व बोकेको यस गुफा प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको छ। तस्बिर सानेबहादुर नेपाली / रासस
आजका तस्बिर- चैत १२
अल्लो प्रशोधन गरिँदै ।  दाङको घोराही उपमहानगरपालिका–१३, सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा आबद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै। जंगलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत १२
कालीगण्डकीमा निर्माणाधीन पुल ।  स्याङ्जाको चापाकोट नगरपालिका- १० र पाल्पाको रामपुर नगरपालिका- १० जोड्नका लागि कालीगण्डकी नदीमा बन्दै गरेको पक्की मोटरेबल पुल। तस्बिर: तोलाकान्त बगाले/रासस
आजका तस्बिर- चैत १२
निकुञ्जमा घुम्दै विदेशी पर्यटक ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक जीप चढेर निकुञ्ज अवलोकन गर्दै। पछिल्लो समय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/ रासस
प्रतिक्रिया दिनुहोस्