आजका तस्बिर- चैत १३
आजका तस्बिर- चैत १३
संरक्षित चित्तल ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएका चित्तल। थोप्ले मृगका नामले पनि चिनिने चित्तल घना सदाबहार वन क्षेत्र र खुला घाँसेमैदानमा पाइने गरेका छन्। बाघको मुख्य आहारा प्रजातिका रूपमा चित्तल रहेको छ। निकुञ्जमा चितलसँगै ५८ प्रजातिका स्तनधारी जनावरहरू संरक्षित छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- चैत १३
नमूना धरहरा ।  भरतपुर महानगरपालिका-२५ अमृतचोकमा निर्माण गरिएको नमूना धरहरा। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- चैत १३
मयुर ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको पर्यटक हिँड्ने बाटोमा आहाराको खोजीमा रहेको मयुर। यो निकुञ्जमा मयुरलगायत चार सय बढी चराका प्रजाति पाइने गरेका छन्। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- चैत १३
ढुंगेधारा ।  ललितपुरको पाटनमा रहेको ऐतिहासिक ढुङ्गेधारा (मंग हिति)। यहाँ रहेको तीन वटा ढुङ्गेधारामा निरन्तर मूलको पानी आइरहेको छ। तस्बिर : हरिराम भेटुवाल / रासस
आजका तस्बिर- चैत १३
स्वर्गद्वारी पहाड ।  मनाङको अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-१ मा अवस्थित हिउँले सेताम्मे भरिएको स्वर्गद्वारी पहाडको दृश्य। तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्