आजका तस्बिर- चैत १६
आजका तस्बिर- चैत १६
देउडा खेल्दै ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुला मञ्चमा देउडा खेल्दै सर्वसाधारण। प्रत्येक महिनाको १ गते र १५ गते कर्णालीका विभिन्न जिल्लाबाट बसाइ सरी आएका सर्वसाधारण देउडा खेलबाट आफ्नो सुख दुःख साट्ने गर्दछन्। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत १६
मार्फा खोलामा बाढीले यातायात प्रभावित ।  बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा आएको बाढीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ। मोटरेबल पुुल निर्माणमा ढिलाइ हुँदा मार्फा खोलामा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने समस्या रहेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- चैत १६
सामान ढुवानी ।  सगरमाथा क्षेत्रमा याकमार्फत् विभिन्न सामग्री ढुवानी गरिँदै। उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा याकको प्रयोग गरिन्छ। यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत १६
नेसनल हर्टिकल्चर एक्स्पो–फूल प्रदर्शनी ।  नर्सरी व्यवसायी संघ नेपालले चैत १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको नेसनल हर्टिकल्चर एक्स्पो–२०८० मा प्रदर्शनीमा सजाएर राखिएका विभिन्न फूल। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- चैत १६
धार्मिक पर्यटकीय स्थल बिम गाउँ ।  म्याग्दीको मालिका गाउँपालिका–७ स्थित रहेको धार्मिक पर्यटकीय स्थल बिम गाउँको शुक्रबार ड्रोन क्यामेराबाट खिचिएको दृश्य। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्