आजका तस्बिर- वैशाख ३
आजका तस्बिर- वैशाख ३
तालको बीचमा रहेको शिव मन्दिर ।  धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बेहडाबाबा तालको बीच भागमा रहेको शिव मन्दिर। तस्बिर: मीन ठकुरी/रासस
आजका तस्बिर- वैशाख ३
रेञ्ङच्याकटी गाउँ ।  मुगुको छायानाथ रारा नगरपालिका–११ स्थित रहेको रेञ्ङच्याकटी गाउँ। घर माथि घर जोडेर निर्माण गरिएको दृश्यले भाई एकता कायम रहने स्थानीयवासीको भनाई छ । तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- वैशाख ३
पुनहिलमा सूर्योदय अवलोकन गर्दै पर्यटक ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सोमबार बिहान सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खला अवलोकन गर्दै पर्यटकहरू। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय, गुराँसको जङ्गल र हिमशृङ्खलाको अवलोकनका लागि उत्कृष्ट गन्तव्य बनेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख ३
नागढुंगा सुरूङ मार्गको ब्रेक-थ्रु ।  नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ छिचोलिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर उक्त सुरूङ मार्गको ‘ब्रेक-थ्रु’ गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- वैशाख ३
राप्ती नदीमा झोलुंगे पुल ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित सिक्टा सिंंचाइको मुख्य बाँध नजिकै राप्ती नदीमा निर्माण गरिएको झोलुंगे पुल। तस्बिर: भेषराज बस्नेत/रासस
प्रतिक्रिया दिनुहोस्