आजका तस्बिर- वैशाख ४
आजका तस्बिर- वैशाख ४
मुसलको सहायताले धान कुट्दै ।  मुगुको छायानाथ रारा नगरपालिका–११ रोवास्थित गाउँमा ओखलमा मुसलको सहायताले धान कुट्दै स्थानीय। यहाँ आधुनिक मिल नभएकाले परम्परागत प्रविधिको प्रयोग गरी धान कुट्ने गरिन्छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- वैशाख ४
सुनको मुकुड ।  सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल ज्वालामाई देवीको मन्दिरमा निर्माण गरिएको सुनको मुकुड। भक्तजनले मन्दिरमा चढाएको सुनको टीकाबाट करिब एक किलो तौलको मुकुड तयार गरिएको हो। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर- वैशाख ४
सेतो मच्छिन्द्रनाथ रथ निर्माण गर्दै ।  काठमाडौंको दरबारमार्ग तीनधार पाठशालास्थित मङ्गलबार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ निर्माण गर्दै। उक्त रथ घण्टाघर, रत्नपार्क ,भोटाहिटी हुँदै असनसम्म पुर्‍याइने भएको छ। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख ४
मर्स्याङ्दीको जलासय ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलासय। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- वैशाख ४
सडक छेउमा नाङ्लो व्यापार ।  पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ। तस्बिर: मिला दरै/रासस
प्रतिक्रिया दिनुहोस्