आजका तस्बिर- वैशाख ६
आजका तस्बिर- वैशाख ६
नमूना सहर बनाइने तालढुंगा ।  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुंगा बजार। उक्त बजारलाई बागमती प्रदेशको नमूना सहरका रूपमा विकास गर्न प्रक्रिया थालिएको छ। तस्बिर: राजकुमार पराजुली/रासस
आजका तस्बिर- वैशाख ६
आहा! ताचैगाउँ ।  मनाङ नासोें गाउँपालिका–८ स्थित सुन्दर बस्ती रहेको ताचैैगाउँ। जहाँ गुरूङ र घले जातिको बसोबास छ। खेतीपाती र पशुपालनलाई मुख्य पेसा बनाएका यहाँका मानिस पछिल्लो समय घरवास सञ्चालन गरी पर्यटन व्यवसायमा जोडिएका छन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- वैशाख ६
बाइस धारा ।  काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुको बाइसधारा उद्यान परिसरमा रहेको बाइस धारा। यस वर्षको वैशाख ११ गते (ल्हुति पुन्हि) मा बालाजु बाइसधारा मेला लाग्ने गर्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख ६
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा आज बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै। तस्बिरः किरणराज विष्ट/रासस
आजका तस्बिर- वैशाख ६
'हेरिटेज वाक' ।  ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा 'हेरिटेज वाक' गरिएको छ। बिहीबार विश्व सम्पदा दिवसको अवसरमा 'हेरिटेज वाक' गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्