आजका तस्बिर- वैशाख ८
आजका तस्बिर- वैशाख ८
कलात्मक चित्र बनाउँदै चित्रकार ।  काठमाडौं महानगरपालिकाद्वारा सुन्धारा क्षेत्रका भित्ताहरूमा विभिन्न व्यक्ति तथा कलात्मक चित्रहरू बनाउँदै चित्रकार। तस्बिर:विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- वैशाख ८
पौडी खेल्दै बालबालिका ।  सर्लाहीको बरहथवा नगरपालिका–१६ स्थित सोती खोलामा बनेको सिँचाइ ब्यारेजमा पौडी खेल्दै स्थानीय बालबालिका। तराईका जिल्लामा गर्मी बढेसँगै बालबालिकाहरू नहर, खोला, पोखरी लगायतका स्थानमा पौडी खेलेर गर्मी छल्ने गर्दछन्। तस्बिर: सिंगबहादुर थापा/रासस
आजका तस्बिर- वैशाख ८
भेरी नदी पुल ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य। तस्बिरः सुरेश आचार्य/ रासस
आजका तस्बिर- वैशाख ८
शिवको मूर्ति ।  तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेसनमा निर्माण गरिएको शिव र लाटो कोसेरोको मूर्ति। बन्दीपुर केबलकार परियोजना नयाँ वर्षदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- वैशाख ८
पहिरन पोज ।  कञ्चनपुरको महेन्द्रनगरस्थित भीम बाटिकामा शनिबार परम्परागत पहिरनमा सजिएर सेल्फी खिच्दै राना थारु समुदायका युवती । राना थारुको बसोबास नेपालमा कञ्चनपुर र कैलालीमा मात्रै रहेको छ। तस्बिरः शेरबहादुर सिंह/रासस
प्रतिक्रिया दिनुहोस्