आजका तस्बिर- वैशाख १०
आजका तस्बिर- वैशाख १०
खगेन्द्रप्रसाद- कतारी अमिरलाई उपहार दिइने हात्ती ।  सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’। मङ्गलबारदेखि हुने कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका दुई हात्ती उपहार दिने तयारी गरिएको छ। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- वैशाख १०
गौशालामा रहेका पशुचौपाया ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय उपभोक्ता सहकारी संस्थाले सञ्चालन गरेको सुन्दर कर्णाली गौशाला। वीरेन्द्रनगरका छाडा पशुचौपाया व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त गौशालामा करिब दुई सय पशुचौपाया रहेका छन्। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख १०
भकारी ।  सर्लाहीको बसबरिया गाउँपालिका–५, मानपुरका स्थानीय राजिव कुशवाहले अन्न भण्डारण गरेको भकारी । अन्नपात सुरक्षित राख्नका लागि काठ र बाँसको टाटी लगाई बाहिरबाट गोबरमाटोले लिपेर खरले छाएर भकारी बनाइन्छ। पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ। तस्बिर:सिंगबहादुर थापा/रासस
आजका तस्बिर- वैशाख १०
बौद्धमा तेमाल जात्राको रौनक ।  काठमाडौंको बौद्धमा आज तेमाल जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा तेमाल जात्रा लाग्छ। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- वैशाख १०
सगरमाथा चढ्ने पहिलो महिला आरोहीको सम्झना ।  प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको ३१ औं स्मृति दिवस मनाइएको छ। पासाङ्ग ल्हामुले २०५० साल वैशाख १० गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा पासाङ ल्हामु शेर्पा मेमोरियल फाउन्डेसनले एक कर्यक्रमको आयोजना गर्दै उनको ३१ औ स्मृती दिवस मनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्