आजका तस्बिर- वैशाख ११
आजका तस्बिर- वैशाख ११
कतारका राजालाई स्वागत गर्दै राष्ट्रपति ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन्। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन्। तस्बिर: सेतोपाटी
आजका तस्बिर- वैशाख ११
बाइसधारा (ल्हुति पुन्हि) मेलामा भक्तजन ।  काठमाडौं महानगरपालिका-१६ स्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा मङ्गलबार स्नान गर्दै भक्तजन। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख ११
कागबेनीमा पितृ तर्पण गरिँदै ।  मुस्ताङको कागबेनीस्थित काली र गण्डक नदीको दोभानमा पितृ तर्पण गर्दै तीर्थालुहरू। मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरू यहाँ पितृलाई तर्पण दिएर जाने गर्छन्। तस्बिरः अर्चना झा/रासस
आजका तस्बिर- वैशाख ११
धोबिखोला करिडोरमा फुलेका रंगीचंगी फूल ।  काठमाडौंको रातोपुल आसपास धोबिखोला करिडोरमा बसन्त ऋतुमा फुलेका रंगीचंगी फूल। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख ११
सडक पखाल्दै कामपा ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरका सडक पानीले पखाल्दै काठमाडौं महानगरपालिका। तस्बिरः विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्