आजका तस्बिर- वैशाख १३
आजका तस्बिर- वैशाख १३
मुस्ताङको छोर्तेन ।  हिमालपारिको जिल्ला मुस्ताङस्थित लो–घेकर दामोदरकुण्ड गाउँपालिका– १ मा पर्ने छोर्तेन। यस क्षेत्रका बासिन्दाहरूले वर्षको एकचोटि पूजा गर्ने गर्दछन्। यो चैत्य मन्दिर जस्तै हो। तस्बीर:अर्चना झा/रासस
आजका तस्बिर- वैशाख १३
हिमालको रैथाने लहरे पिपल ।  हिमालपारि मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका सुर्खाङस्थित लहरे पिपल अर्थात् भोटे पिपल। यो हिमाली भू–भागको रैथाने वनस्पति हो। यसलाई अंग्रेजीमा हिमालयन पपुलर भनिन्छ। यो बहुउद्देश्य गुण भएको बिरूवा हो। तस्बिर: अर्चना झा/रासस
आजका तस्बिर- वैशाख १३
बन्दीपुर बजार ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार। यहाँ देश तथा विदेशबाट पर्यटक भ्रमणका लागि आउने गर्छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १३
पर्यटकीय गाउँ रामकोट ।  तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रहेको पर्यटकीय रामकोट गाउँ। यहाँ होमस्टे सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्