आजका तस्बिर- वैशाख १५
आजका तस्बिर- वैशाख १५
ढुङ्गा फोडेर बनाइएको डोल्पा सडक ।  रूकुम पश्चिम–डोल्पा सडक खण्डअन्तर्गत आठबिसकोट नगरपालिका– ६ त्रिवेणी नजिकको ढुङ्गा फोडेर बनाइएको सडक। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १५
लगानी सम्मेलनका लागि स्वागत द्वार ।  आइतबारदेखि नेपाल सरकारले काठमाडौंमा गर्ने लागिएको तेस्रो लगानी सम्मेलनका लागि त्रिपुरेश्वरमा राखेको स्वागत द्वार। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख १५
कुम्भ मेलामा दर्शनार्थीको भीड ।  सुनसरीको बराह क्षेत्रस्थित चतराधाममा गत चैत २७ देखि सुरू भएको पूर्ण महाकुम्भ मेलाको आज १८ औं दिन दर्शन गर्न आएका भक्तजनको भीड। तस्बिर: संगीता राई/रासस
आजका तस्बिर- वैशाख १५
मध्यवर्ती क्षेत्रमा होमस्टे ।  चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) । यस क्षेत्रका स्थानीयले होमस्टेबाट बहुआयामिक लाभ लिँदै आएका छन्। तस्बिरः भीष्मराज ओझा/रासस
आजका तस्बिर- वैशाख १५
ढकमक्क ज्याकाराण्डा ।  काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल। यतिबेला काठमाडौं उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ। तस्बिर : हरिराम भेटुवाल/ रासस
प्रतिक्रिया दिनुहोस्