आजका तस्बिर- वैशाख १६
आजका तस्बिर- वैशाख १६
ज्याकराण्डा फूल ।  काठमाडौंको कमलपोखरीस्थित ढकमक्क फुलेको ज्याकराण्डा फूल। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- वैशाख १६
टौ–दहमा विपत अभ्यास ।  आइतबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुले काठमाडौंको टौ–दहमा आयोजना गरेको विपत अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
आजका तस्बिर- वैशाख १६
मतगणना ।  इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना गरिँदै। इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा मतगणना भइरहेको छ। तस्बिर: रामकुमार लिम्बू/ रासस
आजका तस्बिर- वैशाख १६
मुक्तिनाथमा भक्तजन ।  मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न भारतबाट आएका भक्तजन मन्दिर परिसरमा ध्यान गर्दै। तस्बिरः ध्रुर्वसागर शर्मा/ रासस
आजका तस्बिर- वैशाख १६
सामुदायिक वन क्षेत्रमा लागेको डढेलो ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन क्षेत्रमा लागेको डढेलो। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
आजका तस्बिर- वैशाख १६
एकीकृत मिलन बस्ती ।  गोरखाको भीमसेन थापा गाउँपालिका–५ बगुवास्थित लामाचौरमा निर्माणाधीन एकीकृत मिलन बस्ती। भूकम्प पीडितलाई पुर्नस्थापना गर्नका लागि निर्माण सुरू गरिएको बस्ती बजेट अभावका कारण अझै सम्पन्न हुन सकेको छैन। तस्बिर: दीपक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्