आजका तस्बिर- वैशाख १७
आजका तस्बिर- वैशाख १७
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल ।  डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित रिग्मो गाउँमा रहेको प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल। नेपालको सबभन्दा गहिरो उक्त ताल ३६११ मिटरको उचाइमा रहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १७
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रमणीय स्थल जिरी ।  दोलखाको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रमणीय पर्यटकीय स्थल जिरी बजार । तस्बिरः गोकर्ण भण्डारी/रासस
आजका तस्बिर- वैशाख १७
गुम्बा- मनाङ ।  मनाङको नार्पभुमि गाउँपालिका वडा नं १, २ र ३ वडा रहेको नार गाउँमा रहेको प्राचीन छोर्तेन (गुम्बा)। नार गाउँ चार हजार दुई सय ८५ मिटर उचाइमा रहेको छ। तस्बिर: नविन लामिछाने/ रासस
आजका तस्बिर- वैशाख १७
महाकाली नदीमा रहेको झोलुंगे पुल ।  नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा रहेको झोलुंगे पुल भारी बोकेर पार गर्दै एक महिला। यो पुलबाट सर्वसाधारणलाई हरेक दिन बिहान ६ बजेदेखि बेलुका ७:३० बजेसम्म आवतजावत खुला रहने गर्दछ। तस्बिर: रत्न श्रेष्ठ/ रासस
आजका तस्बिर- वैशाख १७
घुम्ती गोठका भेडाका बथान ।  म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा घुम्ती गोठ राखेर गरिएको भेडापालन। यहाँ अझै पनि परम्परागत शैलीको घुम्ती गोठ राखेर व्यावसायिक भेडापालन गर्ने प्रचलन छ। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्