आजका तस्बिर- वैशाख २०
आजका तस्बिर- वैशाख २०
ऐतिहासिक मंगलसेन दरबार ।  सुदूर पश्चिमको अछाम जिल्ला अवस्थित ऐतिहासिक मङ्गलसेन दरबार। यो दरबार वि.सं २०६५ पुनर्निर्माण सुरू गरी वि.सं २०६८ सम्पन्न गर्ने लक्ष्य राखिएको भएता पनि हालसम्म सम्पन्न गर्न सकेको छैन। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख २०
हनुमान स्तम्भ ।  सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतराधाममा अवस्थित हनुमान स्तम्भ परिसरमा भक्तजन । चतराधाममा जारी एक महिने कुम्भ मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजन आउने क्रम जारी छ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- वैशाख २०
मुगुको रारा ताल ।  छायाँनाथ रारा नगरपालिका भित्र रहेको मुगुको रारा ताल । नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ। तस्बिर: हेमन्त केसी/ रासस
आजका तस्बिर- वैशाख २०
झोलुङ्गे पुल ।  मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशाला परिसरमा मोरङ र सुनसरी जिल्लाका सर्वसाधारणलाई आवतजावत गर्न सहजका लागि निर्माण गरिएको झोलुङ्गे पुल। तस्बिरः मणिराम दाहाल/रासस
प्रतिक्रिया दिनुहोस्