आजका तस्बिर- वैशाख २२
आजका तस्बिर- वैशाख २२
सुन्दर एस डिबी पार्क ।  धरान उपमहानगरपालिका वडा नं १३ र २० को बीचमा रहेको एस डिबी पार्कमा घुम्न आउने आन्तरिक पर्यटकको भिड। तस्बिर: संगीता राई/रासस
आजका तस्बिर- वैशाख २२
अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृष्य। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख २२
भेरी नदीमा पानीघट्ट ।  रूकुम पश्चिम सानीभेरी गाउँपालिका-२ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट। चैत-वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्ने हुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरीनदीको पानीबाट सामूहिक घट्ट बनाउने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख २२
अन्नपूर्ण हिमाल र पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर खिचाउँदै आन्तरिक पर्यटकहरू। नारच्याङ पञ्चकुण्ड ताल र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर:सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख २२
नगरा देखाउँदै नगर्ची ।  बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामस्थित गाउँ मैत्री अक्षयकोष सांकृतिक सङ्ग्रहालयमा राखिएको २८० केजीको नेपालकै ठूलो दाबी गरिएको नगरा देखाउँदै नगर्चीद्वय जगरबहादुर परियार र सरबहादुर परियार। तस्बिर: खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्