आजका तस्बिर- वैशाख २४
आजका तस्बिर- वैशाख २४
ढकमक्क फुलेका ज्याकाराण्डा ।  काठमाडौंको सुन्धारास्थित सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख २४
फेरीबाट सवारी साधन तारिँदै ।  उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरूण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रूपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै। वर्षायाम सुरू भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- वैशाख २४
पेट्रोलियम पदार्थ तथा ग्यास खानी-अन्वेषणस्थल ।  दैलेखको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषणका लागि पहिचान गरिएको मुख्य ड्रिलिङ (जमिन मुनिसम्म खन्ने कार्य) गर्ने स्थल। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख २४
मौरीका घार ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित खिरट्टेमा भाडाको जग्गामा दिपककुमार श्रेष्ठले वर्षायाममा मौरीलाई सुरक्षित राख्न तयार पार्नुभएको मौरिको घार। तस्बिर:कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख २४
माटोको चुलो बनाउँदै विष्णुकुमारी ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीकी विष्णुकुमारी चौधरी माटोको चुलो बनाउँदै। सुकेर तयार भएको चुलो प्रतिपिस ५० रुपैयाँमा बिक्री हुने गर्छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्