आजका तस्बिर- वैशाख २५
आजका तस्बिर- वैशाख २५
बाइसधारामा अवस्थित पोखरी ।  काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुको बाइसधारा उद्यानभित्र रहेको पोखरी। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख २५
ढुंगामा हात्तीको आकृति ।  चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा ढुंगामा हात्तीको आकृति बनाउँदै कालीगढ। यही ढुंगासँग जोडिएका किम्बदन्तीका आधारमा यस ठाउँको नाम हात्तीबाङ राखिएको स्थानीय बताउँछन्। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- वैशाख २५
अछामको तुल्तागाउँ ।  दैलेखको आठविस नगरपालिका–२ टुनिबगरबाट देखिएको भेरी किनारमा अवस्थित अछामको तुर्माखाद गाउँपालिका वडा नं ६ रानीवन तुल्ता गाउँ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख २५
च्याङ्ग्राको पाठापाठी ।  मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नेचुङमा च्याङ्ग्राको पाठापाठी चराउँदै स्थानीय कृषक। उपल्लो मुस्ताङका बासिन्दाले च्याङ्ग्रापालनलाई आम्दानीको स्रोत बनाएका छन्। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख २५
यातायातका साधन घोडा ।  दाङको घोराही उपमहानगरपालिका–१६ स्थित वयरबटुवाका स्थानीय किसान मङ्गलबार बिहान घोडामा राखेर घोराही बजारमा चामल बिक्री गर्न आउँदै। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्