आजका तस्बिर- जेठ १
आजका तस्बिर- जेठ १
कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १
बानेश्वरमा फल्चा शैलीमा बनाइएको बस बिसौनी सञ्चालनमा ।  अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ। मंगलबार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन्। तस्बिर स्रोत: उपमेयर सुनिता डंगोल
आजका तस्बिर- जेठ १
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम पेश ।  राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरेका छन्। मंगलबार संघीय सदनको दुवै सदनलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम पेश गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १
मकैको खोस्टाबाट सामग्री ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ नवलपुरका महिलाहरूले मकैको खोस्टाको प्रयोग गरी बनाएको हाते झोला, टोपी लगायतका सामग्री। महिलाहरूले केही दिनको तालिमपश्चात यस्ता सामग्री बनाउन सिकेका हुन्। तस्बिर:रुपक पुरी/रासस
आजका तस्बिर- जेठ १
बैकुण्ठ ताल र झरना ।  चितवनको माडी नगरपालिका–८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठ ताल र झरना । यो ताल पछिल्लो समय माडीको पर्यटकिय तथा धार्मिक गन्तव्य बन्दै गएको छ। तस्बिर : कृष्ण आचार्य / रासस
प्रतिक्रिया दिनुहोस्