आजका तस्बिर: जेठ ३
आजका तस्बिर: जेठ ३
बिजुली जडान ।  ललितपुरको युएन पार्कमा बिजुली जडान गर्न काम गर्दै कामदार। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: जेठ ३
सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि प्रतिनिधि सभामा कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल ।  सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको छ। बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: जेठ ३
चोभार सुक्खा बन्दरगाह ।  काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चोभारस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय र आसपासको दृश्य। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर: जेठ ३
धरहरा ।  वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएपछि पुनर्निर्माण गरिएकाे काठमाडौँकाे सुन्धारास्थित धरहरा। तस्बिर : किरणराज विष्ट / रासस
आजका तस्बिर: जेठ ३
म्याग्दीको भगवती कोत गाउँ ।  म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
आजका तस्बिर: जेठ ३
कोतगढीमा ऐतिहासिक रानी तोप ।  दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीमा राखिएको ऐतिहासिक रानी तोप । विसं २०२८ सालको भोकमरीका बेला, दैलेखमा रहेको ज्वालादल गुल्म सुर्खेतमा सरेसँगै दैलेखबाट सुर्खेत पुर्‍याइएको सुन्दरी नामको तोप ५१ वर्षपछि विसं २०७९ असार ९ गते पुनः दैलेखको ऐतिहासिक कोतगढीमा पुनर्स्थापना गरिएको छ । तस्बिर : सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्