आजका तस्बिर- जेठ ५
आजका तस्बिर- जेठ ५
सूर्यास्तको दृश्य ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित काठेकोलबाट शनिबार देखिएको सूर्यास्तको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- जेठ ५
कट्टेलचोक–आमाडाँडा सडकखण्ड ।  कालोपत्र गरिएको गोरखा नगरपालिका वडा नं ८ र ९ जोड्ने कट्टेलचोक–आमाडाँडा सडकखण्ड। ट्र्याक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्रे भएको हो। तस्बिर: दीपक श्रेष्ठ/रासस
आजका तस्बिर- जेठ ५
दरबाङ बजार ।  निस्कोट डाँडाबाट देखिएको पश्चिम म्याग्दीको प्रमुख व्यापारिक स्थल दरबाङ बजार । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र समेत रहेको यो बजारमा घर निर्माण हुने क्रम बढ्दै जाँदा घना बस्तीमा परिणत भएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- जेठ ५
भैँसीलाई नदी तार्दै ।  नवलपुरको नन्दपुरस्थित नारायणी नदी पारि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चराउन लगेका भैँसीलाई नदी तार्दै गोठालाहरू। तस्बिर: दयाराम आचार्य/रासस
आजका तस्बिर- जेठ ५
मुस्ताङको घिलिङ गाउँ ।  मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ को घिलिङ गाउँ। उपल्लो मुस्ताङमा सुख्खा पहाडको बीचमा अवस्थित घिलिङको जनजीवन, गुम्बा र कला संस्कृति आकर्षणको रूपमा रहेको छ। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्