आजका तस्बिर: जेठ ६
आजका तस्बिर: जेठ ६
सूर्यमुखी खेती ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहस्थित लपटोलियका किसानले गरेको सूर्यमुखी खेती। तस्बीरः अरुणकुमार यादव/रासस
आजका तस्बिर: जेठ ६
मौलाकाली केबलकार ।  पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकाली मन्दिरसम्म पुग्नका लागि सञ्चालनमा आएको मौलाकाली केबलकार। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर: जेठ ६
गुराँसे बजार र आसपासको क्षेत्र ।  सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका–४ मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल गुराँसेबजार र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर: जेठ ६
संसदमा गृहमन्त्री ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्न जानेक्रममा। सहकारी प्रकरणमा सं‌सदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसको अवरोधपछि त्यसबारे बोल्न जाँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: जेठ ६
भत्किएको घर ।  काठमाडौंको गौशाला चोकमा अनधिकृत रूपमा घरहरू बनाएको भन्दै महानगरले आइतबार डोजर चलाएको छ। त्यसक्रममा सिसा फुटेका झ्यालबाट हेर्दै एक युवक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्