आजका तस्बिर- जेठ ७
आजका तस्बिर- जेठ ७
अर्जेवा गाउँ ।  बागलुङको जैमिनी नगरपालिका–६ स्थित अर्जेवा गाउँ। यो गाउँ सुन्तला खेतीका लागि प्रसिद्ध छ। तस्बिर:डम्मर बुढामगर/रासस
आजका तस्बिर- जेठ ७
वीरेन्द्रनगरमा निर्माणाधीन रंगशाला ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला। रङ्गशाला निर्माण सम्पन्न गर्नका लागि रु एक अर्ब ४७ लाख ४७ हजार ६०० लाग्ने जनाइएको छ। दश हजार दर्शक अट्ने क्षमताको उक्त रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। रङ्गशालामा फुटबल, भलिबल, बाँस्केटबल, स्वीमिङ पुल, दौड लगायतका दजनौं खेलहरूका लागि यहाँ संचरना बनिरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- जेठ ७
चुप्रा बजार ।  दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ मा रहेको चुप्रा बजार। यो दैलेखको पुरानो हाट बजारको रूपमा चिनिन्छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- जेठ ७
प्रधानमन्त्रीले लिए चौथो पटक विश्वासको मत ।  नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्