आजका तस्बिर- जेठ ९
आजका तस्बिर- जेठ ९
खैरेनी बजारमा कालोपत्र ।  निर्माणाधीन मुग्लिन पोखरा सडक योजना अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा एकतर्फी कालोपत्र सम्पन्न। खैरेनीटारमा एकतर्फी कालोपत्र सकिएपछि बजार क्षेत्र धुलोमुक्त भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- जेठ ९
माटोका भाँडा बनाउँदै ।  भक्तपुरको पटेली स्वायरमा परम्परागत शैलीबाट माटोका भाँडा बनाउँदै स्थानीय कुमाले। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- जेठ ९
मौरीपालन ।  गुल्मीको चन्द्रकोट गाउॅपालिका ४ अन्तर्गत शान्तिपुरमा खेतको डिलमा मौरीघार राखेर व्यावसायिक रूपमा गरिएको मौरीपालन। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर- जेठ ९
 
आजका तस्बिर- जेठ ९
सिक्लेस गाउँ ।  कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेस। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्