आजका तस्बिर- जेठ १०
आजका तस्बिर- जेठ १०
यार्सागुम्बाको खोजी ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको कालीबराह बुकीमा यार्सागुम्बा सङ्कलन गर्दै गरेका स्थानीय बासिन्दा । यस क्षेत्रमा अहिले स्थानीयले बुकीमै बास बसेर यार्सागुम्बा संकलन गरिरहेका छन्। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- जेठ १०
खेतबारीमा लहलह झुलिरहेका अन्न ।  मनाङ चामे गाउँपालीका—२ थानचोकका खेतबारीमा लहलह झुलिरहेका अन्न। गहुँ , करु, आलु, फापर र उवा खेती यहाँका रैथाने बालीमा पर्छन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- जेठ १०
यार्सागुम्बाको खोजी ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको कालीबराह बुकीमा यार्सागुम्बा सङ्कलन गर्दै गरेका स्थानीय बासिन्दा। यस क्षेत्रमा अहिले स्थानीयले बुकीमै बास बसेर यार्सागुम्बा सङ्कलन गरिरहेका छन्। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- जेठ १०
डंगर प्रजातिका गिद्ध ।  लालझाडी गाउँपालिकाको दोदा नदी किनारमा आहाराको खोजीमा रहेका डंगर प्रजातिका गिद्ध। गिद्ध संरक्षणका लागि समुदायस्तरमा जनचेतना जगाउने कार्य हुन थालेपछि गिद्ध सङ्ख्या बढ्न थालेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- जेठ १०
कला प्रदर्शनी ।  नेपाल कला परिषद् बबरमहलमा जारी ‘देवी देवताहरू’शीर्षकको कला प्रदर्शनीमा राखिएका आकर्षक कला सिर्जनाहरू। तस्बिरः नारायण ढुंगाना/रासस
आजका तस्बिर- जेठ १०
बुद्ध जयन्ती ।  आज २५६८ ‍औं बुद्ध जयन्ती मनाइँदै छ। बिहीबार बिहानको बौद्धको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १०
साकेला नाचेर मनाइयो उभौली ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ। बिहीबार ललितपुरको नखिपोटमा साकेला नाचेर किरात समुदायले उभौली पर्व मनाएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्