आजका तस्बिर- जेठ ११
आजका तस्बिर- जेठ ११
हामी भोकभोकै घरमा पीडा र आँसुमा? ।  बचत फिर्ताको माग राख्दै शुक्रबार माइतीघर मण्डलबाट बानेश्वरसम्म विभिन्न नाराबाजीसहित जुलुस प्रदर्शन गर्दै पीडितहरू। सहकारीहरूले रकम हिनामिना गर्दै बचतकर्ताको उठिबास लगाएको उनीहरूले भन्दै शुक्रबारदेखि अनिश्चितकालीन धर्ना र रिले अनसन सुरू गरेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- जेठ ११
रोपाइँको तयारी गर्दै नयाँ गाउँबासी ।  प्यूठानको माण्डवी गाउँपालिका–३ स्थित नयाँगाउँका स्थानीय रोपाइँको तयारी गर्दै। नयाँगाउँका स्थानीय जेठ महिनामै रोपाइँ गर्ने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- जेठ ११
गुफा अवलोकन गर्दै पर्यटक ।  पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा शुक्रबार अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरू। तस्बिर: हरिप्रसाद बास्तोला /रासस
आजका तस्बिर- जेठ ११
उपल्लो मुस्ताङको पदयात्रामा पर्यटक ।  मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमी हुँदै लोमान्थाङतर्फ पैदलयात्रा गरेर जाँदै गरेका पर्यटक। पैदलमार्ग सडकमा विस्थापित भएपछि पर्यटकहरुलाई समस्या भएको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- जेठ ११
३० औं पटक सगरमाथा आरोहण गरेका कामिरिताको स्वागत ।  ३० औं पटक बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथा चुचुरोमा पुगेर काठमाडौं फर्किएका कामिरिता शेर्पा। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। उनले आफ्नै विश्व रेकर्ड तोडेर ३० औं पटक चुचुरोमा पुगेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्