आजका तस्बिर- जेठ १२
आजका तस्बिर- जेठ १२
धौवादी डाँडामा पैदलमार्ग ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा निर्माण गरिएको पैदलमार्ग। आन्तरिक पर्यटकलाई आकर्षित गर्न पैदल मार्ग निर्माण गरिएको हो। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- जेठ १२
पाहुनाको स्वागतमा महिला ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका— २ स्थित लामडाँडा सामुदायिक होमस्टेका महिलाहरू पाहुनाको स्वागतका लागि लामबद्ध हुँदै। तस्बिर: तोलाकान्त बगाले/रासस
आजका तस्बिर- जेठ १२
झोलुङ्गे पुलबाट स्कुटर तार्दै ।  तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट स्कुटर तार्दै सर्वसाधारण। सोही पुलको नजिकै तीन वर्ष अगाडिदेखि पक्की पुल निर्माण थालिए पनि २५ प्रतिशत मात्रै प्रगति छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- जेठ १२
काठमाडौंको उपत्यका लगायत धरहरा ।  रामकोटबाट शनिबार दिउँसो लिएको काठमाडौँको धरहरा लगायत उपत्यका आसपासको दृश्य। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- जेठ १२
म्याग्दी नदीका असला माछा ।  म्याग्दीको धवलागिरि गाउँपालिका—६ मराङमा म्याग्दी नदीमा जाल फालेर मारिएका असला माछा। वातावरणीय प्रदूषण र तापक्रम वृद्धिका कारण असला माछा लोप हुँदै जान थालेका छन्। तस्बिर: ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्