आजका तस्बिर: जेठ १३
आजका तस्बिर: जेठ १३
पहेँली बराह ताल ।  धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको पहेँली बराह ताल। समुद्री सतहदेखि करिब चार हजार ६०० मिटर उचाइमा रहेको यो ताल पर्यटकीय आकर्षणको रुपमा छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर: जेठ १३
सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल ।  प्रतिनिधि सभा अवरोधबीच अर्थमन्त्री वर्षमान पुन आर्थिक सर्वेक्षण पेस गर्न रोस्टमतर्फ जाँदै गर्दाको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: जेठ १३
कांग्रेसको प्रदर्शन ।  सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने लगायत माग राख्दै आइतबार नेपाली कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा गरेको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: जेठ १३
जीर्ण भवन ।  जीर्ण बन्दै गरेको काठमाडौंको बसन्तपुरमा रहेको जुद्ध वारूण यन्त्र कार्यालय। २०७२ सालको भूकम्पपछि जीर्ण बनेको उक्त भवन अझै पुन: निर्माण हुनसकेको छैन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: जेठ १३
मुस्ताङको कोरलामा याकचौरी ।  समुद्री सतहदेखि चार हजार मिटर बढी उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरलामा चरनका लागि लगिएका याकचौरी। याकचौरी, भेडा, च्याङ्ग्रापालन उपल्लो मुस्ताङबासीको प्रमुख आम्दानीको स्रोत हो। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर: जेठ १३
गोलभेँडा ।  दाङको घोराही उपमहानगरपालिका–१६ टेरौटेमा बिक्री गर्न लैजानका लागि तयारी अवस्थामा राखिएका गोलभेँडा। तस्बिर: नारायण खड्का/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्